काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा तीन वटा रिट परेका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अहिलेसम्म तीनवटा रिट पेस भइसकेको बताएका छन् ।
सर्वोच्च अदालतले मंगलबारदेखि नै रिट दर्ता गर्ने निर्णय गरेको हो । पहिलो दिन नै प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा रिट पेश भएको हो । तीनवटा रिट आइसके पनि दर्ता भइनसकेको र अध्ययन भइरहेको प्रवक्ता कोइरालाले बताएका छन् ।
प्रतिनिधि सभा विघटन र सरकार गठन असंवैधानिक ठहर गर्दै बदर गर्न रिटमा माग गरिएको छ ।
सरकारलाई असंवैधानिक घोषणा गर्न र संसद् पुनर्स्थापना गर्न माग गर्दै युवराज पौडेल ‘सफलले पनि रिट दायर गरेको बताइएको छ ।

























