काठमाडौं । सरकार र जेन–जी समूहका प्रतिनिधिबीच शनिबार भएको वार्ता निष्कर्षविहीन बनेको छ।
प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसँगको छलफलपछि दुवै पक्षबीच सहमति नजुटेपछि वार्ता सोमबार पुनः बस्ने गरी स्थगित गरिएको हो ।
वार्तामा सहभागी जेन–जी समूहका प्रतिनिधि प्रवेश दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै आजको छलफलमा घाइते तथा शहीद परिवारका विषयमा, साथै मन्त्रिपरिषद् सिफारिसको आधारबारे विस्तृत छलफल भएको जानकारी दिए ।
उनका अनुसार पछिल्ला दिनमा मन्त्रिपरिषद् गठनका लागि चर्चामा आएका चारजना व्यक्तिका नामहरू अझै आधिकारिक नभएको सरकार पक्षबाट जानकारी प्राप्त भएको छ ।

























