काठमाडौँ । वर्षा र बाढीपहिरोको कारण आज पनि देशका विभिन्न राजमार्गका ६ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
कोसी राजमार्गमा पर्ने संखुवासभाको भोटखोला र मकालुमा, इलामको इलाम नगरपालिका–९ मा मेची राजमार्ग, पाँचथरको तमोर करिडोर, रसुवाको गोसाइँकुण्डमा पासाङ ल्यामु सडक, काभ्रेको रोसी गाउँपालिका–११ स्थित माम्तीखोला, सोही वडाको डालाबेसी, बुल्ढुंगा र बाँझोखेतमा सडक अवरुद्ध छ।
हिजो अवरुद्ध रहेका केही सडकमा भने आजदेखि गाडी चल्न थालेका छन्। अवरुद्ध सडकको पहिरो पन्छाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ । (रासस)


























