काठमाडौं । इजरायलसँग युद्धविराम सहमति भएपछि हमासले छोड्ने भनिएका २० युद्धबन्दीको सूची सार्वजनिक गरेको छ । तर, उक्त सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम भने समावेश छैन ।
इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार, सोमबारभित्र रिहा गरिने भनिएका ती २० जना सबै इजरायली नागरिकहरू हुन् ।
अमेरिकाको मध्यस्थतामा इजरायल र हमासबीच करिब दुई वर्षदेखिको युद्ध अन्त्य गर्ने सहमति विहीबार भएको थियो। सो सहमतिपछि नेपालका जोशी पनि मुक्त हुने आशा गरिएको भए पनि अहिलेसम्म त्यसबारे कुनै प्रगति देखिएको छैन ।
राजदूत पण्डितले जोशीको अवस्था अझै अज्ञात रहेको र त्यसबारे निरन्तर संवाद जारी रहेको बताएका छन् ।

























