काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दै छ। बैठक आज बिहान ११ बजे गुण्डुमा बस्ने भएको छ।
बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ। यसअघि असोज १९ गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डा तय गर्न बैठक आयोजना गरिएको हो। यसअघि असोज १९ र २० गतेका लागि तय गरिएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासका अध्यक्षहरूसँग गरेको भर्चुअल बैठकको जानकारी, वर्तमान सरकारले लिन सक्ने कदम, निर्वाचनको सम्भावनाका बारेमा पनि जानकारी गराउने तयारी छ।
पार्टीका केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटीको बैठकको मिति पनि केही दिन पर सरेको छ। बैठकको तयारी नपुगेकाले असोज २७ गते देखि गर्ने भनिएको बैठक असोज २९ देखि ३१ गतेसम्म बस्नेछ। केन्द्रीय कार्यालय च्यासल जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कारण बैठक स्थल तय भइनसकेको अधिकारीले जानकारी दिए ।

























