
इलाम । अविरल वर्षासँगै आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पु¥याएको इलाममा नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले राहत वितरण सुरु गरेको छ ।
बुधवार युवा संघका अध्यक्ष क्षितिज थेबेको नेतृत्वमा गएको टोलीले माइ नगरपालिका–७ स्थित चेप्टी गाउँमा राहत वितरण गरेको हो। संघका प्रवक्ता निरोज पौडेलका अनुसार चेप्टी गाउँ बाढीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये एक हो, जहाँ ठूलो क्षति भएको छ।
युवा संघले प्रभावित परिवारलाई राहतस्वरूप एक बोरा चामल, दुई लिटर खाने तेल, नुन, मसला, पीभीसी, म्याट, लत्ताकपडा, ब्ल्यांकेट, डस्ना, जुत्ता–चप्पललगायत सामग्री वितरण गरेको छ।
संघले इलामका सबै बाढी प्रभावित स्थानीय तहमा राहत वितरणको तयारी गरिरहेको प्रवक्ता पौडेलले बताए।
जेनजी आन्दोलनपछि राजनीतिक दलका धेरै नेता तथा कार्यकर्ता सक्रिय नदेखिएको बेला युवा संघ पीडितको घरदैलोमा पुगेर राहत वितरणमा जुटेको छ।






















