सुरुंगा (झापा) । चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको हो ।
बुधबार बिहान ११ बजे वर्षासँगै परेको चट्याङ लाग्दा उनी घाइते भएकी थिइन् । मुसहर बस्ती निवासी उनलाई खेतमा बाख्रा लिन गएका बेला चट्याङ लागेको प्रहरीले जनाएको छ । घाइते ऋषिदेवलाई उपचारका लागि बिर्तासिटी अस्पताल लैजाँदा उनको बाटोमा नै मृत्यु भएको हो । (रासस)






















