काठमाडाैं । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले नयाँ राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । साम्पाङ नेतृत्वको दलको नाम ‘श्रम संस्कृति पार्टी’ रहने आयोगले जनाएको छ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार असोज ७ गते दर्ता निवेदन परेको हो ।
साम्पाङले यसअघि नै आफ्नै पार्टी खोलेर जाने घोषणा गरेका थिए । तर आयोगमा औपचारिक निवेदन परेको विषय उनले खुलेर भनेका थिएनन् ।
सूचना अधिकारी घिमिरेका अनुसार “रित पुगी आएको दल दर्ता आयोगले गर्नैपर्छ। दसैं बिदा सुरु भएको छ, रित मिलेको भए बिदापछि दर्ता प्रक्रिया पूरा हुन सक्छ।”

























