काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई मुख्य सल्लाहकार र गोविन्दनारायण तिमिल्सेनालाई जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले बैठक निर्णय सार्वजनिक गर्दै दुवै सल्लाहकार नियुक्तिको जानकारी दिए ।
























