काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक जारी रहेको छ ।
बैठकमा हालैको जेनजी आन्दोलनपछि विकसित राजनीतिक घटनाक्रम र त्यसले पार्टीभित्र पारेको प्रभावबारे विस्तृत छलफल हुने बताइएको छ। बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।
बैठकमा आन्दोलनपछिको राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, संगठन सुदृढीकरण र आगामी कार्यक्रमबारे ठोस निर्णय हुने एमालेले जनाएको छ ।
























