काठमाडौं । गृह मन्त्रालयले समाजमा शान्ति, सुव्यवस्था र सुरक्षा कायम गर्न सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ। शनिबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको सन्दर्भमा सभा, सम्मेलन, बैठक तथा विरोधका कार्यक्रमहरू शान्तिपूर्ण ढंगले सञ्चालन गर्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “नेपालको राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलगायतका माग राखी गत भदौ २३ र २४ गते जेनजी युवाको अगुवाइमा आन्दोलन भएपछि नयाँ सरकार गठन भई आमनिर्वाचनको प्रारम्भिक कार्य सुरु भइसकेको छ। यस अवस्थामा सभा, सम्मेलन, बैठक एवं विरोधका कार्यक्रम सञ्चालन गर्दा अहिंसात्मक, शान्तिपूर्ण र अन्य पक्षलाई असर नपर्ने गरी गर्नु आवश्यक छ।”
मन्त्रालयले कुनै पनि गतिविधिले समाजमा उत्तेजना, हिंसा वा असुरक्षा निम्त्याउने काम नगरी सहकार्य गर्न सबैमा आग्रह गरेको छ ।


























