काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सही बाटोमा ल्याउन एमाले नेतृत्वको सरकारले गरेका निर्णयहरू जनतासम्म पुर्याउन वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई चुनौती दिएका छन् ।
शनिबार भक्तपुरको गुण्डुमा राष्ट्रिय युवा संघले आयोजना गरेको बडा दशैंको अवसरमा खुल्ला भेटघाट कार्यक्रममा बोल्दै उनले आफू नेतृत्वमा रहँदा भष्ट्राचार नियन्त्रणको धेरै प्रयास गरेको दाबी गरेका हुन् ।
एमाले नेतृत्वको सरकारले सधैँ पारदर्शिता र निष्पक्षता कायम गर्न जोड गर्दै आएकोमा उनले हठ व्यक्त गरे ।
आफूले गरेका सबै राम्रा काम बाहिर ल्याउनसमेत उनले वर्तमान सरकारलाई चुनौती दिए । आगामी दिनमा पनि एमालेले नै देशलाई सही बाटोमा ल्याउने उनले ठोकुवा गरेका छन ।

























