वीरगन्ज । बारामा शुक्रबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँएर घाइते भएका ६ जना मध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको छ।
कलैया उपमहानगरपालिका–१४ बघवनस्थित कलैया–बरियारपुर सडकखण्डमा शुक्रबार बेलुकी ७:४० बजेतिर ४ जना सवार प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकल र दुई जना सवार बि आर ०५ एस ९०९२ नम्बरको भारतीय मोटरसाइकल आपसमा ठोकिँदा ६ जना घाइते भएका थिए।
तीमध्ये उपचारका क्रममा शनिबार दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार सिम्रौनगढ नगरपालिका–११ कचोर्वाकी ३७ वर्षीया जुही साह र प्रदेश २–०३–०१६ प ४७३ नम्बरको मोटरसाइकलमा सवार महागढीमाई नगरपालिका–१ का १८ वर्षीय समशाद आलम देवान रहेदुर्घटनामा बि आर ०५ एस ९०९२ नम्बरको मोटरसाइकलमा सवार मृतक जुहीका पति ३८ वर्षीय किशोरी साह, उनका दुई छोराहरू १३ वर्षीय कौशल साह र १२ वर्षीय कृष्ण साह तथा महागढीमाई नगरपालिका–१ बस्ने १८ वर्षीय अफताब आलम घाइते छन् ।
























