धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
उनले जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न प्रधानमन्त्री कार्की असफल भएको भन्दै अब पद छोड्नु उपयुक्त हुने टिप्पणी गरेका हुन् ।
मेयर साम्पाङले जेनजी आन्दोलनका मागहरू आफूले पूरा गर्ने दृढता व्यक्त गर्दै एक–एक गरेर माग कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले भनेका छन्, “सुशीला जी, तपाईँले जेनजी आन्दोलनको मर्मअनुसार कार्य गर्न सक्नु भएन, कृपया राजीनामा दिनुहोस् । म ती मागहरू क्रमशः पूरा गर्ने जिम्मेवारी लिन्छु।”


























