काठमाडौं । नेकपा (एमाले) ले जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजननीमा परेको पार्टी केन्द्रीय कार्यालयको भवन यथाशक्य पुनःनिर्माण गरेर सञ्चालनमा ल्याउने भएको छ ।
बुधवार दिउँसो काठमाडौंमा बसेको केन्द्रिय कार्यालय बैठकले यस्तो निर्णय गरेको उपमहासचिप प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले प्राविधिकहरुको प्रतिवेदनअनुसार केन्द्रिय कार्यालयका ६ वटा हलहरु पुनःनिर्माण गर्न नसकिने गरी ध्वस्त भएको उल्लेख गर्दै नयाँ ढंगले अगाडि बढ्नुपर्ने बताए । उनले शहीद तुल्सीलाल प्रतिष्ठानसँग छलफल गरेर भवन निर्माणको कार्यलाई शुरु गरिने समेत बताए ।
उनले पार्टीमा नेतृत्व परिवर्तनको विषयमा बैठकमा छलफल नभएको स्पष्ट पारे ।

























