काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन्।
शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सोमबार मन्त्रालय पुगेर मन्त्री परियारले पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै मन्त्री परियारले हरेक वर्ष देखिने मलको अभाव हुने समस्या समाधान गर्ने प्रतिबद्धता जनाए।
त्यस्तै उनले फागुन २१ गते निर्वाचन गर्ने सरकारको अठोट रहेकाले त्यसलाई पूरा गर्न ध्यान केन्द्रित गर्ने बताए। उनले विभिन्न क्षेत्रमा देखिएका बेथितिलाई समेत अन्त्य गर्न मन्त्रालयका कर्मचारी टिमसँग मिलेर अघि बढ्ने बताए ।

























