काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत चेन सोङले बिहीबार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत सोङले नेपालप्रति चीनको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन् ।
प्रधानमन्त्री कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनपछि चिनियाँ राजदूतको यो पहिलो औपचारिक भेट हो ।
परराष्ट्र मन्त्रालयका अनुसार राजदूत सोङले नेपाल र चीनबीचको असल छिमेकी सम्बन्धको स्मरण गर्दै नेपाली जनताको चाहनालाई सम्मान गर्ने र सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन सधैं तयार रहेको बताएका थिए ।
उनले भनेस् “नेपाली जनताको चाहनालाई हामी सम्मान गर्छौं । सरकारलाई के आवश्यक पर्छ, असल छिमेकीको नाताले सहयोग गर्न तत्पर छौं ।”
























