काठमाडौँ । कक्षा १२ को ग्रेडवृद्धि परीक्षा यही असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका थियो । तर जेनजी समूहको प्रदर्शनका कारण मुलुक अप्ठ्यारो परिस्थितिमा पुगेपछि बोर्डले परीक्षा
स्थगित गरेको थियो ।
यस वर्ष कक्षा १२ को परीक्षाफल साउन १९ गते सार्वजनिक भएको थियो ।


























