काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको हो।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अधिवेशन अन्त्यसम्बन्धी सूचना प्राप्त भएको पुष्टि गर्नुभयो।
यसअघि प्रतिनिधिसभा भने विघटन भइसकेको छ ।

























