काठमाडौं । नेकपा एमालेका युवा नेताहरूले पार्टीलाई छिट्टै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका छन्। जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण ध्वस्त भएको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर एमाले नेताहरले पार्टीको नियमित काममा फर्किएको जनाउँदै छिट्टै पुरानै अवस्थामा फर्काउने उद्घोष गरेका हुन्।
एमालेका युवा नेता महेश बस्नेतले पार्टी काममा लाग्न आग्रह गर्दै पार्टी पुरानै अवस्थामा फर्किएको बताए। उनले अब मिसन २०८२ को निर्वाचनमा लाग्ने उल्लेख गर्दै तोकिएको समयमा निर्वाचन हुनैपर्ने बताए। बस्नेतले एमालेलाई कमजोर नठान्न चेतावनी दिँदै एकदुई दिनभित्र काठमाडौंमा युवाहूको विशाल जुलुस निकाल्ने बताए।
त्यस्तै संविधान दिवसको दिन असोज ३ गते पार्टी कार्यालयमा विशेष कार्यक्रमको आयोजना गर्ने उनको भनाइ छ।
त्यस्तै एमालेका अन्य युवा नेताहरूले जेनजी आन्दोलनका नाममा घुसपैठ गरेर तोडफोड तथा आगजनी गर्नेलाई काबाही गर्नुपर्ने जनाएका थिए। भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट एमाले पार्टी कार्यालय पूर्ण रूपमा ध्वस्त भएको छ।

























