
काठमाडौं । भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा सिंहदरबार र वरपरका क्षेत्रहरूमा रहेका प्रमुख सरकारी निकाय र भवनहरूमा ठूलो क्षति पुगेको छ । सरकारी सम्पत्तिमा भएको क्षतिको आँकडा निकै ठूलो देखिएको छ।
सिंहदरबार क्षेत्रभित्र मात्र सरकारी निकायका ४४१ वटा साना गाडी र बस पूर्ण रूपमा जलेका छन् । त्यस्तै, ६०१ वटा मोटरसाइकल र स्कुटरमा क्षति पुगेको छ । केही सरकारी कार्यालयहरूमा क्षतिको वास्तविक संख्या यति धेरै छ कि हालसम्म पनि त्यसको स्पष्ट अनुमान गर्न नसकिने अवस्था छ ।
यो आन्दोलनका क्रममा भवनहरूमा आगजनी मात्र नभई, सरकारी सवारी साधनहरूलाई लक्षित गरेर तोडफोड र जलाइएको । धेरै सरकारी निकायका सवारी साधन पूर्ण रूपमा नष्ट भएको अवस्था छ ।
तस्बिर : रविन बस्नेत





























