काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेकी छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि उनले पदबहाली गर्दै यो विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताइन् । “परिस्थिति अनुकूल छैन, तर काम गर्ने बेला यही हो,” महान्यायाधिवक्ता बरालले भनिन्, “यो विषम परिस्थिति छ, सबैले मिलेर काम गर्नुपर्छ । त्यसका लागि म आफ्नो तर्फबाट प्रतिबद्ध छु ।”
सरकारको कानुनी सल्लाहकार तथा महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका थिए । नेपालको इतिहासमा उनी महान्यायाधिवक्ता हुने पहिलो महिला हुन् । (रासस)

























