काठमाडौं । जेनजी आन्दोलनका कारण मन्त्री बन्ने अवसर पाएका नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनमा शहीद भएकाहरूको राष्ट्रिय शोक मनाउने निर्णय गरेका छन् । गृह मन्त्रालयमा पदबहाली लगत्तै उनले सो निर्णय गरेका हुन ।
आन्दोलनमा शहीद भएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइने छ । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रीपरिषदले निर्णय लिने उनले बताएका छन् ।
आन्दोलनमा मृतकका परिवारलाई एक लाख–एक लाख रूपैयाँका दरले किरिया खर्च दिने निर्णय पनि गृहमन्त्रीको छ । शवहरू व्यवस्थापनका लागि सरकारले निःशुल्क सवारीसाधन उपलब्ध गराउने र विकट ठाउँमा हेलिकप्टरबाट पुर्याउने निर्णय पनि गरिएको छ ।
























