काठमाडौं । नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्न विद्युत् प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेका छन् ।
आज मन्त्रालय पुगेर पद बहाली लगत्तै घिसिङ सो निर्णय गरेका हुन ।
मन्त्री घिसिङले मन्त्रालयहरु र मातहतका निकायमा शून्य सहनशीलताको नीति लिने बताएका छन् । भ्रष्टाचार र अनियमितता नियन्त्रण जेनजीको माग भएको बताउँदै मन्त्री घिसिङले यसको निर्मूल अन्त्य गर्ने दाबी गरेका हुन् ।
आफूमाथि पारदर्शितामा प्रश्न उठ्ने अवस्था नआउने बताउँदै कसैले पनि कुनै पनि निकायले भ्रष्टाचार र अनियमितता गरेको पाइए कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

























