काठमाडौँ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार विस्तार भएको छ । नवनियुक्त तीनजना मन्त्रीले आज शपथ ग्रहण गरेका छन् ।
केहीबेरअघि शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरू ओमप्रकाश अर्याल, रामेश्वर खनाल र कुलमान घिसिङलाई शपथ गराएका हुन् ।
अधिवक्ता समेत रहेका अर्याललाई गृहसँगै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पूर्वअर्थसचिवसमेत रहेका खनाललाई अर्थमन्त्रालय र नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जासँगै भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय र सहकारी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार साँझ अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
उनले आइतबार पदभार ग्रहण गरेकी थिइन् । नवनियुक्त मन्त्रीहरुले आजै सिंहदरवारमा रहेका मन्त्रालयहरुमा गएर पदभार ग्रहण गर्दैछन् ।

























