काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्ता रमेश बडालको राजीनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले महान्यायाधिवक्ता बडालले यही भदौ २४ गतेदेखि लागू हुने गरी पदबाट दिएको राजीनामा आज स्वीकृत भएको जानकारी दिए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २४ गते नै राजीनामा दिएका थिए । नयाँ सरकार गठन भएसँगै महान्यायाधिवक्ता नियुक्ति गर्ने प्रचलन रहेको छ ।

























