काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संस्थापक रेशम चौधरीले पार्टी छोडेर नयाँ पार्टी बनाउने घोषणा गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लाइभ सन्देश जारी गर्दै चौधरीले नागरिक उन्मुक्ति पार्टी, नेपाल घोषणा गरेका हुन् ।
उनले भनेका छन् “आजसम्म नागरिक उन्मुक्ति पार्टीको संरक्षक मानिदिनु भएकोमा सम्पूर्णलाई धन्यवाद, आजदेखि म त्यो पार्टीबाट अलग भएको छु । नयाँ संगठन निर्माणमा जुटेको छु ।”
साउन १६ गते चौधरीले आफू पक्षको विशेष भेला गरेर आफ्नी श्रीमती समेत रहेकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई हटाएर बाबु लालबीर चौधरीलाई अध्यक्ष बनाका थिए । तर निर्वाचन आयोगले श्रेष्ठलाई नै मान्यता दिएपछि चौधरीले नाउपा छाडेर नयाँ पार्टी गठन गरेका हुन् । चौधरी र श्रेष्ठ श्रीमान–श्रीमती हुन ।

























