काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार मृतकमध्ये तीन जना नेपाल प्रहरीका सदस्य, एक भारतीय महिला, कैदी लगायत युवा–विद्यार्थी विभिन्न समूहका व्यक्ति रहेका छन् ।
प्रदर्शनको पहिलो दिनमै २१ जनाको ज्यान गएको थियो । ९ जना कैदी मारिएका छन् । त्यस्तै, बाल सुधार गृहमा रहेका पाँच जना, तीन प्रहरी र बाँकी अन्य व्यक्तिहरू जलिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

























