काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको छलफलको सूचना चुहाएसँगै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको तीग्र खोजी भएको छ ।
उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले गरेको प्रस्तावबारेको सूचना चुहाएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताले राष्ट्रपति पौडेलको सोधिखोजी सुरू गरेका हु न्।
वरिष्ठ पत्रकार नेपालले एक्समा बुधबार राष्ट्रपति पौडेलको उपस्थितिमा सुरक्षा प्रमुखहरूको बैठक बसेको र बैठकमा प्रधान सेनापति सिग्देलले राष्ट्रपतिसँग ‘राजीनामा दिन’ आग्रह गरेको दाबी गरेका छन्।
उनका अनुसार सिग्देलले राष्ट्रपति पौडेललाई राजीनामा दिन आग्रहमात्रै नगरेर बाँकी सेनाले सम्हाल्ने अभिव्यक्ति दिएको पनि जिकिर गरेका छन्। आग्रहपछि राष्ट्रपति पौडेलले सेनापतिलाई आफ्नो हत्या गर्न भनेको समेत नेपालको दाबी छ ।

























