काठमाडौं । बाँकेको नौबस्तास्थित बाल सुधारगृहमा भएको झडपमा ५ जनाको मृत्यु भएको छ । घटनामा दुई जना घाइते भएको सुरक्षा स्रोतले जनाएको छ ।
मृत्यु हुनेमा दैलेखका भुपेन्द्र खत्री, बाँकेका समिर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगर रहेका छन् ।
देशभर जेनजी आन्दोलन चर्किएको बेला सुधारगृहमा रहेका कैदीहरूले भाग्ने प्रयास गर्दा झडप सुरु भएको थियाे ।
























