काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असीम शाहले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।
सरकारको दमनकारी कार्यशैलीको विरोध र जेनजी आन्दोलनको समर्थनमा आफूले राजीनामा दिएको शाहले बताएका छन् । उनले शान्तिपूर्ण आन्दोलनमा सहभागी युवामाथि भएको अत्यधिक दमन अस्वीकार्य रहेको टिप्पणी गर्दै “पुस्तासँग सहकार्य गर्नुपर्ने बेला सरकारले प्रतिरोधको बाटो रोजेको” बताएका छन् ।
























