
काठमाडौँ । काठमाडौँमा भएको जेनजीको प्रदर्शनमा स्वार्थ समूहको घुसपैठ भएको भन्दै जेनजीहरुले दिउँसो १ बजे नै प्रदर्शनकारीहरुलाई घर फर्किन आव्हान गरेका थिए ।
एभरेष्ट होटल अगाडि राखिएको प्रहरीकमे वेरियर तोडेर अघि बढेपछि जेनजी आन्दोलनको बारेमा यसअघि पोस्ट गर्दै आएको फेसवुक पेजमा एक सुचना जारी गर्दै प्रदर्शनमा घुसपैठ भएको भन्दै तत्कालै सुरक्षित तरिकाले निस्किन आग्रह गरिएको थियो । धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेको भन्दै चाँडोभन्दा प्रदर्शन स्थलबाट हट्न आग्रह गरिएको थियो । तर सरकार विरोधी घुसपैठ तत्वले आन्दोलनलाई अझ उत्तेजित बनाउँदै संसद भवन भित्र पसेपछि स्थिति तनावपूर्ण बन्न पुग्यो ।
प्रदर्शन नियन्त्रणबाहिर गएको भन्दै जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा कर्फ्यू लगाएको तीन घण्टा बितिसकेको छ । तर पनि प्रदर्शन रोकिएको छैन । स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेपछि स्थिति झनै तनावपूर्ण बन्नुले योजनावद्ध रुपमा जेनजीहरुको प्रदर्शनमा स्वार्थ समूहको घुसपैठ भएको देखिन्छ ।
स्थानीय प्रशासन र सुरक्षा समितिले वस्तुस्थिति मूल्यांकन गरेर आफ्नो कदम चालेको भए पनि गृह प्रशासनले आवश्यक समन्वय गरिरहेको छ । एकपछि अर्को गर्दै ज्यान जान थालेपछि प्रदर्शनकारीहरू झनै आक्रोशित बनेका छन् । उनीहरूले संसद् भवन परिसरसहित कतिपय ठाउँमा आगजनीको प्रयास समेत गरेका छन् ।
जेनजीहरुले आफूहरुको प्रदर्शन शान्तिपूर्ण हुने बताएका थिए । उनीहरुको प्रदर्शन शान्तपूर्ण नै थियो । तर एकाएक किन प्रहरीको व्यारियर तोडेर निषेधिध क्षेत्रमा प्रवेश गरे, त्यति मात्र होइन, संसद भवनको वाल भत्काउनुका साथै गेटमा आगजनी, संसद भवनभित्र प्रवेश गरेर तोडफोडलगायतका घटना घट्दा र प्रहरीले प्रदर्शन नियन्त्रणमा लिन बल प्रयोग गर्दा भएको अप्रिय घटनाबाट मृत्यु हुनेको सख्या १३ पुगेको छ ।
ट्रमा सेन्टरमा ६ जना, सिभिल अस्पतालमा २ जना, एभरेष्ट अस्पतालमा ३ जना र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा १ जना गरेर, टिचिङ अस्पतालमा १ जना गरेर १३ जनाको मृत्यु भएको बताइए छ ।
त्यस्तै घाइते हुनेहरुको संख्या पनि निकै छ । जेनजीले शान्तिपूर्ण रुपमा आफुना आवाज उठाउन प्रदर्शन गरेका थिए । तर सरकार विरोधी देशीविदेशी तत्वको घुसपैठ र अराजक शैलीका कारण नेतृत्वविहीन जेनजीको प्रदर्शनले भविष्यका कर्र्णधार, देशको सरकार सञ्चालन गर्न सक्ने युवाहरुको अँकालमा मृत्यु भएको छ । यस्तो दुखद घटना दोहोरिन नदिन जेनजी र सरकार सचेत हुन जरुरी देखिन्छ ।


























