काठमाडौं । सुनको भाउले दिनहुँ नयाँ रेकर्ड बनाएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आइतबार प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।
अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन २४९० रुपैयाँको रेकर्ड बनाएको चाँदीको भाउ आइतबार हालसम्मकै उच्च अर्थात प्रतितोला २५ सय रुपैयाँ पुगेको छ ।

























