काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ ।
ललितपुरको गोदावरीस्थित सनराईज हलमा दोस्रो दिन शनिवार जारी बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन प्रश्ताव र पार्टी महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदनमाथि १० वटा समूहको सामूहिक छलफल सकिएको हो ।
छलफलमा अधिकांश नेताहरु पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी दलीय राजनीतिमा ल्याउन नहुने कुरामा जोड दिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । त्यसैगरी छलफलमा ७० वर्षे उमेर हदको विषयमा गलत भएको निष्कर्ष निकाल्दै सो प्रावधान हटाउने कुरामा पनि सबैले सहमती जनाएको उनको दाबी थियो ।
एमालेले आईतवार बिहान ८ बजेबाट समूहगत छलफलबाट आएका निष्कर्षहरु प्रश्तुत गर्ने कार्यसूचि तय गरेको छ । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै सो महाधिवेशन सम्पन्नहुने पनि प्रचार विभाग प्रमुख गौतमले बताए ।

























