
काठमाडौं । नेपाली सेनाका सहायकरथी भोलानाथ थापा उपरथीमा पदोन्नति भएका छन्। बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलले उनलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरे।
थापालाई भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो। पदोन्नतिसँगै उनले निरीक्षणाधिकृतको जिम्मेवारी सम्हाल्ने भएका छन्।
त्यस्तै, प्राविधिक महासेनानी विश्वबन्धु पहाडी सहायक रथीमा पदोन्नति भएका छन्। उनलाई पनि सोही समारोहमा सहायक रथीको दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष रथी तथा अन्य उच्च सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो।

























