काठमाडौं । अर्घाखाँचीको छत्रदेव–४ पातलेपोखरामा ३६ वर्षीय किरण गुरुङले ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङको हत्या गरी शव भान्साकोठामै गाडेको घटना सार्वजनिक भएको छ।
१२ भदौको राति घरेलु विवादपछि मादक पदार्थ सेवन गरेका किरणले बाँसको लाठी र हंसियाले प्रहार गरी सुमित्राको हत्या गरेका थिए । शव कम्बलले बेरी खाल्डो खनेर भान्सामा गाडिएको थियो।
सुमिता हराएको खबर पछि अनुसन्धान गर्दा १६ भदौमा दुर्गन्ध फैलिएको अवस्थामा प्रहरीले शव उत्खनन् गरेको हो। अनुसन्धानमा किरणले छोरीलाई समेत धम्की दिएकाले ९ वर्षीया छोरीले घटनाबारे कसैलाई भन्न नसकेको खुलेको छ ।
प्रहरीले हत्या सम्बन्धी सामग्रीसहित मदिराको बोतलहरू पनि बरामद गरेको छ । घरायसी विवाद बढेपछि आवेशमा आफूले हत्या गरेको स्वीकारेका अभियुक्तकिरणविरुद्ध कर्तव्य ज्यानअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























