
काठमाडौं । संयुक्त राष्ट्रसंघको आव्हानमा केन्द्रीय अफ्रिकी गणतन्त्रमा तैनाथ शान्ति स्थापनार्थ खटिएका नेपाली शान्ति सैनिकहरूको डफ्फा अदलीबदली गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय मिसन United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) मा खटिएको सैनिक प्रहरी युनिट (शान्ति सेना) को दशौँ डफ्फाको स्थानमा एघारौँ डफ्फा प्रस्थान गरेको हो।
एघारौँ डफ्फाका ७१ जना शान्ति सैनिकहरू आज मिति २०८२ भदौ १५ गते मिसन इलाका प्रस्थान गरेका छन्। उता, आफ्नो कार्यकाल सम्पन्न गरेका दशौँ डफ्फाका शान्ति सैनिकहरू सोही दिन स्वदेश फर्किएका छन्।
हाल केन्द्रीय अफ्रिकी गणतन्त्रमा नेपाली सेनाका जम्मा १२३९ जना शान्ति सैनिकहरू खटिइरहेका छन्। नेपाली सेनाले विगत लामो समयदेखि विभिन्न संयुक्त राष्ट्रसंघीय मिसनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।
























