
काठमाडौँ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज थियानजिनस्थित चाउ एनलाइ र तेङ यिङ्चाओ स्मृति संग्रहालयको अवलोकन गरेका छन् । चाउ एनलाइ चीनका पूर्वप्रधानमन्त्री हुन् ।
प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलसहित भदौ १४ देखि चीन भ्रमणमा छन्। प्रधानमन्त्री ओलीले शनिबार नै चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । भेटमा ओलीले सीसँग भारत र चीनले नेपाललाई नसोधी नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने सहमति गरेकामा आपत्ति जनाए ।
प्रधानमन्त्री ओलीले थियानजिनस्थित जिनान जिल्लाको सिआओझानमा रहेको धान उत्पादन विशेष क्षेत्रको पनि भ्रमण गरेका छन् ।


























