काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल स्वदेश फर्किएका छन्।
यही भदौ १० देखि १२ गतेसम्म थाई शाही सेनाको सहकार्यमा मित्रराष्ट्र अमेरिकी सेनाको ‘इन्डो–प्यासिफिक कमान्ड’द्वारा थाइल्यान्डको ‘हुअ हिन’ मा आयोजित ‘चिफ अफ डिफेन्स’ सम्मेलनमा भाग लिएर उनी स्वदेश फर्किएका हुन्।
प्रधानसेनापति सिग्देल शुक्रबार राति स्वदेश फर्किएका जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।
सिग्देललाई बलाधिकृत रथी निर्मलकुमार थापाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्। (रासस)

























