काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीको केन्द्रीय समिति बैठक आह्वान गरेकी छन् । उनले आगामी भदौ १५ र १६ गते बैठक बोलाएकी हुन् ।
कान्तिपथस्थित होटल एल्लो प्यागोडामा बस्ने बैठकका लागि चारवटा प्रमुख एजेन्डा तय गरिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, पार्टी विधान संशोधन प्रस्ताव, केन्द्रीय सदस्यहरूको मनोनयन र निर्वाचन आयोगमा पार्टी विवरण अद्यावधिक गर्ने प्रक्रियालगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसअघि साउन १६ गते, पार्टीका संरक्षक रेशम चौधरी पक्षले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएको दाबी गर्दै वैकल्पिक भेला आयोजना गरेको थियो। तर, निर्वाचन आयोगले श्रेष्ठलाई नै वैध अध्यक्षको रूपमा मान्यता दिएपछि पहिलोपटक केन्द्रीय समिति बैठक बस्न लागेको हो।
श्रेष्ठको अध्यक्षतामा बस्ने यो बैठकले पार्टीको सांगठनिक दिशा र विवाद समाधानतर्फ मार्गचित्र तय गर्ने अपेक्षा गरिएको एक केन्द्रीय सदस्यले बताएका छन् ।
























