धनगढी । डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ स्थित चौडको कच्ची सडकखण्डमा बिहीबार बिहान जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जिप करिब पाँच सय मिटर तल जंगलमा खस्दा चार जनाको घटनास्थलमै ज्यान गएको हो।
प्रहरी टोली हाल घटनास्थलमा पुगेको छ भने मृतकहरूको सनाखत भइसकेको छैन ।
दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए। प्रारम्भिक अनुमानअनुसार दुर्घटना बिहान सवा ९ बजे भएको हो।
जिपमा सवार अन्य व्यक्तिहरू पनि घाइते भएको आशंका गरिएको छ। घाइतेहरूको उद्धार जारी छ र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ।

























