काठमाडौँ । पहिरो पन्छाइएपछि बीपी राजमार्गमा सवारी सञ्चालन पुनः सुरु भएको छ ।
गए राति काभ्रेको रोसी गाउँपालिका–१२, माम्ति क्षेत्रमा खसेको पहिरोका कारण राजमार्गको दुवै तर्फको सवारी आवागमन अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बिहीबार बिहान जेसीभीको सहयोगमा पहिरो हटाइएपछि सडक सञ्चालनमा आएको हो।
गत वर्षको बाढीका कारण व्यापक क्षति पुगेको यो राजमार्ग हाल पनि बाढी र पहिरोको उच्च जोखिममा रहेको छ। त्यसैले जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउँदै आएको छ।

























