काठमाडौं । नेप्से परिसूचक उच्च अंकले बढेर बन्द भएको छ। बुधबार नेप्से परिसूचक ५३.०१ अंकले बढेर २८१९.१० विन्दुमा उक्लिएको छ। सेन्सेटिभ इण्डेक्स ८.५२ अंकले बढेर ४८३.४२ विन्दुमा पुगेको छ।
यसदिन ३२१ स्क्रिप्सको १ करोड ४९ लाख ८६ हजार १४२ कित्त सेयर ७ अर्ब ६८ करोड ३३ लाख ६ हजार ४४१ रुपैयाँमा खरिदबिक्री भए। विकास हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सो कम्पनीको सेयर १० प्रतिशतले बढ्दा समता घरेलु लघुवित्त वित्तीय संस्थाको ९.३६ र ग्रीन भेन्चर्सको ८.०८ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६५ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी नेपाल रिइन्स्योरन्सले ५० करोड बराबरको सेयर कारोबार गर्दा ग्रिन भेन्चर्सको ४६ करोड,हिमालयन डिस्टिलरीको ४३ करोड र नेपाल रिपब्लिक मिडियाको २१ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये २३२ स्टक्सको मूल्य बढ्दा १९ वटाको घट्यो। सबै समूहको उपसूचक सकारात्मक देखिएका छन्। यसदिन डेभलपमेन्ट बैंक समू्हको उपसूचक सर्वाधिक ३.४० प्रतिशतले बढ्यो।

























