काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिमा ईश्वरी देवी न्यौपाने निर्विरोध चयन भएकी छन्। निर्धारित समयसम्म न्यौपानेले मात्र उम्मेदवारी दिएपछि सर्वसम्मत बनेकी हुन्।
प्रतिनिधिसभाका सचिव हर्क राईका अनुसार निर्धारित समयभित्र ईश्वरीदेवी न्यौपानेको मात्र उम्मेदवारी परेको छ। उनको प्रस्तावकमा रामहरि खतिवडा र समर्थकमा कृष्णगोपाल श्रेष्ठ रहेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भोलि ३ बजेका लागि बोलाइएको छ। सोही बैठकमा न्यौपाने सभापति भएको घोषणा हुने संसद सचिवालयले जनाएको छ।

























