काठमाडौं । नेप्से परिसूचक सामान्य अंकले बढेको छ। मंगलबार नेप्से परिसूचक ४.८३ अंकले बढेर २७६६.०९ विन्दुमा पुगेको छ।
यसदिन ३२२ स्क्रिप्सको ९२ लाख ४३ हजार २३२ कित्ता सेयर ४ अर्ब १८ करोड ५३ लाख १५ हजार ७३४ रुपैयाँमा खरिदबिक्री भए।
आज एउटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। विकास हाइड्रोपावरको ९.९९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ४८ करोड ९५ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भयो।

























