काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दर्ता गराएकी छिन्।
न्यौपानेले आजै संसदीय सुनुवाइ समितिको सभापतिको पदबाट राजीनामा दिएपछि राज्य व्यवस्था समितिको सभापति पदमा उम्मेदवारी दर्ता गराएकी हुन्।
सभापति चयनका लागि निर्वाचन भोलि दिउँसो ३ बजे समिति बैठकमार्फत् हुने कार्यक्रम छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आज विहान बसेको पार्टीका पदाधिकारी वैठकले न्यौपानेलाई सभापति उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
























