काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।
सोमबार राष्ट्रपति कार्यालय शीतलनिवासमा उनीहरूबीच भेटवार्ता भएको हो ।
नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्। उनी भ्रमण पूरा गरेर आज स्वदेश फर्कने तालिका छ।
























