काठमाडौँ । तारकेश्वर नगरपालिका–७ स्थित साङ्ला खोलामा आज बिहान एक माइक्रोबस दुर्घटना भएको छ।
बागमती प्रदेश ०६–००१ ज ०५६२ नम्बरको माइक्रोबस काठमाडौँ–नुवाकोट सडकखण्डमा गुड्ने क्रममा खोलामा खसेको हो।
चार्जिङ स्टेसनबाट बसपार्कतर्फ जाँदै गरेको माइक्रोबस अचानक अनियन्त्रित भई खोलामा खसेको चालकले बताएका छन्।
दुर्घटनाका बेला गाडीमा चालकबाहेक अन्य कोही नभएकाले मानवीय क्षति नभएको र चालक पनि सकुशल रहेका प्रहरीले जानकारी दिएको छ।

























