काठमाडौँ । नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन्ह सुआनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् ।
आइतबार सिंहदरबारमा सम्पन्न उक्त भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सहयोग विस्तार र साझेदारीका विषयमा कुराकानी भएको बताइएको छ ।
यसअघि सुआनले उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग काठमाडौँको याक एन्ड यति होटेलमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी भएकी थिइन् ।
नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० औँ वार्षिकोत्सवको अवसरमा नेपालका उपराष्ट्रपति यादवको निमन्त्रणामा उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन् ।
भ्रमण पूरा गरी उनी भदौ ९ गते स्वदेश फर्कने कार्यक्रम तय गरिएको छ ।
























