काठमाडौं । दुईदिने नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले सोमबार बिहान प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगीअड्डामा भेटवार्ता गरेका छन् ।
जंगीअड्डा स्रोतका अनुसार भेटमा द्विपक्षीय हित, सुरक्षा सहकार्य र सैनिक सम्बन्ध सुदृढीकरण लगायत विषयमा छलफल भएको थियो।
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आएका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निमन्त्रणा दिन काठमाडौं आएका हुन् ।
आइतबार उनले प्रधानमन्त्री ओलीसहित राष्ट्रपति रामचन्द्र पौडेल, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
आज सोमबार मिश्रीले केही अनौपचारिक भेटघाट पछि दिउँसो स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।

























